काठमाडौं - नेपाल विद्युत प्राधिकरणले देशभर लोडसेडिङ हुने जनाएको छ। प्रतिकरणले देशभर बत्ती जाने क्षेत्रबारे जानकारी दिइसकेको छ। निर्माण कार्यको लागि भन्दै आज शनिबार दिनभरजसो बत्ती जानेछ। पछिल्लो केही समययता देशका विभिन्न ठाउँमा नियमितजसो बत्ती आउने जाने समस्या भइरहेको छ।
आज पोखरा, धनकुटा, चितवन, काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरमा बत्ति जानेछ। प्राधिकरण्का अनुसार राजधानीको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्रअन्तर्गत् पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने छ ।
उक्त फिडर अन्तर्गत वितरण हुने वस्तीमा विद्युत काटिने जानकारी प्राधिकरणले बताएको छ । यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने विष्णुमति फिडरमा चक्रपथ विस्तार कार्य जारी रहेकाले १० बजेदेखि ३ बजेसम्म बत्ती काटिने बताइएको छ । जसकारणा बालाजु क्षेत्रमा शनिबार दिउँसो बत्ती आउने छैन ।
यस्तै वाइपास विद्युत् संरचना सार्न तथा व्यवस्थापन गर्न चितवनको भरतपुर र माडीमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने छ । चितवनकै मेघौली, नारायणगढ, गीतानगर तथा रामपुरमा बुस कटिङ गर्न ट्रान्सफर्मरको इन्कमिङ भीसीबी परिवर्तन गर्न सोही समयमा बत्ति काटिने बताइएको छ ।
चितवनको अन्य केही स्थानमा पोल सार्न र फिडर मर्मत गर्न बत्ती काटिने छ ।नवलपुरको कावासोती र अरूणखोलामा पनि बुस कटिङ गर्न बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटिने बताइएको छ । पोखराको हेम्जामा स्मार्ट मिटर परिवर्तन गर्न १० बजेदेखि ५ बजेसम्म र धरानदेखि धनकुटासम्म बुस कटिङ गर्न शनिबार १० बजेदेखि ५ बजेसम्म लाइन काटिने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।