काठमाडौं - काठमाडौंको टोखामा जमिनमुनीबाट विस्तार गरिएको बिजुलीको तार पड्किएको छ। टोखाको ग्राण्डी अस्पताल नजिकै तार पड्किएकोले गएराती देखि नै त्यस क्षेत्रमा विद्युत आपूर्ती पनि हुन सकेको छैन।
नेपाल विद्युत प्राधिकरणको टोलीले रातभर काम गरे पनि विजुली बल्ने बनाउन सकेको छैन। लाइन सर्ट भएको ठाउँ अझै पत्ता लागेको छैन। यही कारणले अहिले लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइटलगायतका क्षेत्रमा विद्युत प्रशाराण भएको छैन। नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा विजुलीका तार भूमिगत काम गरिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।