बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पत्रकार नविन धमलाले गरे जन्मदिनमा दृष्टिविहीनलाई सहयोग

पत्रकार नविन धमलाले गरे जन्मदिनमा दृष्टिविहीनलाई सहयोग

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 4.8K
    SHARES

  • पत्रकार नविन धमलाले गरे जन्मदिनमा दृष्टिविहीनलाई सहयोग

    काठमाडौं – पत्रकार नविन धमलाले जन्मदिनको अवसरमा दृष्टिविहीन गायक विरबहादुर विश्वकर्माको परिवारलाई सहयोग गरेका छन् ।

    दृष्टिविहीन तथा आर्थिक अवस्था कमजोर भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का विश्वकर्माको परिवारलाई पत्रकार धमलाले जन्मदिनको अवसरमा खाद्यान्न, लत्ताकपडा सहितको सहयोग गरेका हुन् ।

    दृष्टिविहीन भएकाले अर्थोपार्जनको काम गर्न नसक्दा गीत गाएर आफू र परिवारको गुजारा चलाउँदै आएका विश्वकर्मालाई पत्रकार धमलाले सिन्धुपाल्चोकको काङलाङ पुगेर सहयोग गरेका हुन् । टङना बजाएर गीत गाउँदा दाताले दिएको दानबाट परिवार पालेका विश्वकर्माको समस्या देखेर सहयोग गरेको पत्रकार धमलाले बताएका छन् ।

    जन्मदिन मनाउँदा हुने फजुल खर्च सदुपयोग गरेर विपन्न परिवारलाई सहयोग गरेको उनले बताए । अनलाइन सरोकार डटकमका सम्पादक तथा प्राइम टाईम्स टेलिभिजनबाट साप्ताहिक रूपमा प्रसारण हुने चर्चित स्थानीय जनसरोकार कार्यक्रम सञ्चालक धमलाले बिहीवार विश्वकर्मा परिवारलाई चामल २ बोरा, सिरानी २ वटा, सिरक २ वटा, तन्ना २ वटा, डस्ना २ वटा लगायतका सामग्री हस्तान्तरण गरेका छन् ।

    130938202_202133124785036_5912841428309463952_n.jpg

    सहयोग पाएपछि विश्वकर्माले खुशी व्यक्त गरेका छन् । दृष्टिविहीन विश्वकर्माका पत्नी र २ छोरा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर २५ २०७७०८:५५:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend