काठमाडौं - नेपालको कम्युनिस्ट आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका काभ्रेका कमानसिंह लामाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनको बुधबार राति अस्पतालमा निधन भएको हो ।
उनी नेकपाका केन्द्रीय सदस्य, पूर्वसभासद् तथा दक्षिण कोरियाका लागि पूर्वराजदूत पनि थिए । इमान्दार नेताको रुपमा चिनिने लामा कोभिड–१९ को संक्रमणबाट बिरामी भई १५ दिनदेखि अस्पतालमा भर्ना भएका थिए ।
निधन हुनुभन्दा एक साताअघि फेसबुकमा श्रीमतीलाई सम्बोधन गर्दै उनले भावुक स्टाटस लेखेका थिए । स्टाटस पढ्दा उनलाई श्रीमतीले धोखा दिएको बुझिन्छ ।
यस्तो छ फेसबुक स्टाटस :
आमा नामनै कति मोहक शब्द "आमा " मैले संसारमा सब भन्दा बढी मया गर्ने "आमा" प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएं तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाड०गलमा फसेकोछ !!!
तीमि यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन" छ्या कति कुरुप सिलावरको देक्ची कूचिैएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !!
प्रिय, तिमीत उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे !!! वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिएं !!! ढोंगीहरुलेत हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार !!! जे होस तिम्रा जाल झेल खेती सप्रेकोनैछ साधा जीबन उच्च विचारका होर्दिड०बोर्ड बगैंचा घरका भित्तामा टांसेकाछौ त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हांडि घोप्टे जस्तो लाग्छ !!
ठमेलमा ५० हजार यु एस डलरको विटा भेट्टाएछ !!! सोह्रखुट्टे पार्टिको भित्तामा गाइको गोवरले डलर टांसेर झिली मिली बनाएछ !!! हांडिमा खिचडि बसाएर दूइ बुढाबुढि गीत गाएर नाचिबसेको खोजदै जाने प्रहरी र टुरिष्टले भेटेछ !!!
यहि केशले हांडि घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो !!! हाम्रा माहान पा . का माहान साधु सन्त नेताका यत्तिको नैतिक्ता र वीचार पनि मैले देखिन !!! थुई..क्क जाली फटाहा द्रव्य पिशाचहरु !!! प्रीय मेरी प्रिय हाम्रो प्रेम बर्मुडा ट्य्राण्गलमा फस्यो प्रीय !!
१. मेरो DIGNITY स्वाभिमानको ट्य्राड०गल
२. चल अचल भौतिक सम्पती प्रतिको तिम्रो आसक्ती
३. हाम्रो वीचको सामाजीक सम्बन्ध , स्थापित मूल्य मान्यता र त्यसमा आएको परिबर्तनले ल्याएका अन्तर बिरोधहरु !!! यो हो हाम्रो वीचको अहिलेको बर्मूडाको ट्य्राड०गल !!!
याद गर प्रीय मैले तिमीलाई सबै कुरो सम्पती सम्म सुम्पें तर मेरो स्वाभिमान प्रति खेलवाड गर्ने छुट दिईएको छैन !!! धेरैले नबुझेका र तिमीले पनि नवुझेको कुरो यहि छ !!! बरमुडा ट्य्राड०गल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन !!!
तर यसको बनावट भूमध्य रेखा काल्पनीक लाइन संगै भएको हो जब प्रथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो !! हामी बसेको भू भाग गोण्डावना ल्याण्डसंगै दक्षिणी धुर्बमा टांसिएर बसेको थियो !!!
त्यसबखत ठुला ठुला भौगोलिक उथल पुथल भइरहन्थे !!! एक्कास्सी गोण्डावना ल्याण्ड दक्षिणी धुर्बसंग छुट्टियो !!! ३ मिटर उत्तर सर्यो !!! प्रथ्वी बीचमा उसिनेको अण्डा वीचमा फ़ुटाएको जस्तो फुट्यो !!
प्रथ्वी दुइ भागमा बांडियो !! उत्तरी गोलार्द पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड !!! यहि घटनामा भूमध्य रेखिय क्षत्रमा बर्मुडा ट्रयाड०गल बन्यो !!! त्यो आजपर्यन्त अभेद्य छ !!! त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाड०गलमा फसेका छौं !!!
प्रीय , तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिंदा मेरा केही सपनाहरु अधुरानै रहने भए !!! राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडि पुर्याइ हाले !!! के कुरा गर्ने !!!
तिमी मदुइ मिली यो प्रथ्वी फनक्क एक फन्को लगाउने. विस्वका आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने !!! माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने !!! गोन्जालोको देश हेर्ने !!! माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएं ! त्यो तिमीले भांडी दियौ !!! मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेवाट रस्वास्वदन हमीदुइ साथै गर्ने सपना अधुरै रहने भयो !!!
ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने !!! उलान बटोर र ऐतिहासीक गोवि मरुभूमीमा उंट चढने सपना अधुरै रहने भयो !!! मानव विकासक्रमको २૪ लाख बर्षको ईतिहासमा सिन्थोपस प्रक्रितीको जीवाष्मका मूलका मानिसहरू ड्रागन पाहाड भिरालोका मानिसहरु पेकिड०म्यान, लान्तीयान म्यान , वुसानम्यान ले गरेका उपलब्धी र आदीबारे अलि शुक्ष्म अध्यन गरी हाम्रो ठुंसाका बारे भौतिक रूपमै उपस्थित भएर अध्य यन गर्ने !!!
दोड० सिड०दान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समुह र मंगोल मूलका पुर्खाहरुले एक ठुलो नदीको धार परिबर्तन गरि अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आस्चर्य चकित हुने हाम्रा प्राग कालिन पुर्खाको पौरख र शीप विज्ञान प्रविधि संगै पढने ईच्छा अधुरै रहने भयो !!!
हाम्रो सास्त्रले भनेको वुइसाड०, उर्गेन ह्युल, अब आउने बसन्त रितुमा अध्यनभ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्०यो !!! प्रीय म कोरोनाले लिएर जानको लागी सबै योग्यता पुगेको मान्छे म अरुले भने म्रित्यु शैयाबाट भन्थे होला तर म भन्दिन !!! कोबिटसंग पैंठे जोडि खेल्दैछु !!! सायद म बाच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि !!! तर म आत्तिन्न !!!
यो अन्तीम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम !!! आफ्नो पाउनु पर्नेत यो हालतमा दिंदैन भने मेरो निम्ती कहिलेलाई चाहियो ? यो जीवनको जीवन मरणको लडाईको वेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरि खान मनग्य गरि दिएकोछु !!! बांकी जीवन मोजगर !!!
मैले पुरा गर्म नसकेको अधुरा काम अरुसंगै पुरा गर !!! आठै आस्वर्य हेर्ने घुम्ने भोक मैलेनै जगाइ सकेकोछु तिमीलाई सक्षम पनि छौ !!! लौ बधाई प्रीय २८/३० बर्ष तिमी साथै यो ६/७ महिना बाहेक ज्यादै शुखदनै रह्यो !!!
यो ६/७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विस्वास घात पाएं !!! मेरो सेयरको करीब दूइ बर्षको सांवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो !!!
उस्ले पैसा नदिए सिधै म संग मिल्न आइज हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !!! प्रीय यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने !!!
सम्बन्ध छ भनि रहनु को औचित्यै के रह्यो र प्रीय !!! कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाएं माफगर प्रीय !!! यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।