बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

लोकसेवाको परिक्षा दिने आठ जना नक्कली विद्यार्थी पक्राउ

लोकसेवाको परिक्षा दिने आठ जना नक्कली विद्यार्थी पक्राउ

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 5.6K
    SHARES

  • लोकसेवाको परिक्षा दिने आठ जना नक्कली विद्यार्थी पक्राउ

     काठमाडौं – जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

    त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

    त्यसैगरी भेरी नगरपालिका–१० जाजरकोट बस्ने धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पक्राउ गरिएको उनले बताए ।

    प्रहरीले नक्कली प्रशिक्षार्थी मिलाइदिने पञ्चपुरी नगरपालिका–२ सुर्खेतका २१ वर्षीय दीपक कँडेललाई पनि पक्राउ गरेको छ । यही मङ्सिर २० गतेदेखि सुर्खेतमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परेको र उनीहरुको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर २५ २०७७०९:०४:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend