बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

आजदेखि चिडियाखाना खुल्ने, यस्ता छन् नियमहरु !

आजदेखि चिडियाखाना खुल्ने, यस्ता छन् नियमहरु !

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 3.7K
    SHARES

  • आजदेखि चिडियाखाना खुल्ने, यस्ता छन् नियमहरु !

    काठमाडाैं -  नेपालमा कोरोना संक्रमण देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना विहीबारदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्न लागेको हो ।

    चिडियाखाना व्यवस्थापन प्रमुख डा। चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । तर, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने र बालबालिकालाई खेलाउन नपाइने नियम छ ।

    भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा सात सयदेखि आठ सय जनालाई मात्र चिडियाखाना प्रवेश गर्न दिइने छ । त्यसपछि अवलोकनकर्ताको संख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै संख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ । चिडियाखाना प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । अवलोकनकर्ता सबैले मास्क अनिवार्य लगाउनुपर्ने छ । यसैगरी चिडियाखानाभित्र बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन । स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको छ ।

    साथै अनलाइनमार्फत टिकट काट्न सकिने व्यवस्था गरिएको छ । अवलोकन गर्न विदेशीका लागि ७ सय ५० रुपैयाँ, सार्क राष्ट्रका पाहुनाका लागि ५ सय रुपैयाँ, नेपालीलाई १ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकले ९० रुपैयाँमै चिडियाखानामा प्रवेश गर्न पाउने छन् । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन् । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले विक्रम संवत् १९८९ मा निजीरुपमा स्थापना गरेको सदर चिडियाखाना २०११ सालदेखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो ।

    चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दैै आएको छ । अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन मिलाउने गरिएको छ । तर विगत आठ महिना बढी समयदेखि चिडियाखाना बन्द हुँदा खर्च व्यवस्थापन गर्न समस्या भएको व्यवस्थापन पक्षले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर २५ २०७७०८:१६:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend