सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रधानाध्यापकको गोली हानी हत्या

प्रधानाध्यापकको गोली हानी हत्या

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 7.9K
    SHARES

  • प्रधानाध्यापकको गोली हानी हत्या

    काठमाडौँ- मोरङको मिक्लाजुङ गाउँपालिकाका एक जना प्रधानाध्यापकको गोली हानी हत्या भएको छ ।

    मिक्लाजुङ १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको अवस्थामा मंगलबार विहान शव भेटिएको हो ।

    श्रेष्ठको शव मिक्लाजुङ १ बर्खेको जंगलमा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ ।

    मृतकको टाउकोमा गोली प्रहार भएको भेटिएको प्रहरीले जनाएको छ । बिहान सवा ६ बजेतिर ४/५ जनाको संख्यामा आएको विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएको एसपी खड्काले जानकारीदिएका छन् ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।यसअघि पनि विप्लवले प्रदेश सरकारकाे लगनीमा निर्माण हुने टाँडी आइतबारे  प्रदेश सडक निर्माणमा प्रयाेग गरिएका स्काभेटरमा आगजानी गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ९ २०७७०३:०१:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend