काठमाडौं – विवाह भएको १ वर्ष नपुग्दै घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा साईप्रस गएकी २३ वर्षीया युवतीले आत्महत्या गरेकी छन् ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–८ खरे घर भएकी शुक्री तामाङले आत्महत्या गरेकी हुन् । चालक रहेका उनका पति सुबिन तामाङको केही दिनअघि दुर्घटनामा मृत्यु भएको थियो ।
स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले दिएको जानकारी अनुसार मृतक तामाङ सन् २०१९ अक्टोबरमा नेपालको काठमाडौं इन्टरनेसनल मेनपावरबाट साईप्रसको लार्नाका शहरमा घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा थिइन् । मृतक तामाङको शव परिवारको सल्लाह अनुसार स्वदेश पठाउने तयारी भइरहेको होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजीवन पञ्जियरले बताए ।
मृतक तामाङले टिकटकमा पतिको दुर्घटनाको भिडियो पोस्ट गर्दै आफ्ना आमा, बुबा, सासु र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको जनाएकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।