आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

  • मिडिया डबली
  • सोमवार, मंसिर २२ २०७७

  • 5.0K
    SHARES

  • ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
    फाइल तस्बिर

    काठमाडौं – महाकाली राजमार्ग अन्तर्गत दार्चुलाको गोकुलेश्वर–खलंगा सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा आईतबार राति ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । मृतक अन्य २ जनाको पहिचान हुन सकेको छैन । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको छ ।

    गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ गइरहेको ना३ख ३४८५ नम्बरको ट्रक आईतबार राति सवा १० बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ । ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन २१ २०७७०६:१७:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend