काठमाडौं–स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा चापाकोट–९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। उनीहरुको वालिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चापाकोट–९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ ।
दुर्घटना भएको एम्बुलेन्स चापाकोट अस्पतालको हो । सो एम्बुलेन्स चापाकोटबाट विरामी लिएर काठमाडौं आएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।