आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनले सिन्जियाङमा सुँगुर फार्म विस्तार गरेसँगै उइगरलाई जबरजस्ती पोर्क खुवाइँदै 

चीनले सिन्जियाङमा सुँगुर फार्म विस्तार गरेसँगै उइगरलाई जबरजस्ती पोर्क खुवाइँदै 

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 17.6K
    SHARES

  • चीनले सिन्जियाङमा सुँगुर फार्म विस्तार गरेसँगै उइगरलाई जबरजस्ती पोर्क खुवाइँदै 

    बेइजिङ - चीनले सिन्जियाङमा रहेका उइगरहरुलाई ठूलो यातना दिइरहेको छ । विश्वभरबाट यसको चर्को आलोचना भए पनि चीन सरकारले भने उनीहरुमाथिको मानवअधिकार उल्लंघन गर्ने कार्यलाई रोकेको छैन । 

    चीनले सिन्जियाङमा सुँगुर फार्म विस्तार गरेसँगै अल्पसंख्यक उइगर मुस्लिमहरुलाई जबरजस्ती पोर्क खुवाइँदै आएको छ । स्यारागुल सउतबे चीनको सिन्जियाङमा रहेको गैरकानुनी हिरासतबाट रिहा भएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, पनि दुई बच्चाकी आमा रहेकी स्यारागुललाई यातना शीवरको पीडादायी क्षणबाट अझै झस्किरहन्छिन् । 

    उनी अहिले पनि सिन्जियाङको गैरकानुनी हिरासतमा रहँदा खेपेको "अपमान र हिंसा" बाट ग्रसित छन् । 

    सउतबे एक मेडिकल डाक्टर र शिक्षिका हुन् । उनी अहिले त्यहाँबाट पलायत भएर स्वीडेनमा बस्छिन् । हालसालै एउटा पुस्तक प्रकाशित गरेकी छन् । जसमा उनले सिन्जियाङको हिरासतमा भोगेको यातनाबारे लेखेकी छन् । त्यहाँ उनले हिरासतमा रहेकाहरुलाई कुटपिट गरिने, कथित यौन दुर्व्यवहार र जबरजस्तीको आरोप लगाउने र जबरजस्ती बाँझोपन गराउने गरेको उल्लेख गरेकी छन् । 

    अलजजिरासँगको एक अन्तर्वार्तामा उनले उइगर र अन्य अल्पसंख्य मुस्लिममाथि गरिएको दुर्व्यवहार र यातनाबारे उनले थप प्रस्टाएकी छन् । उनले भनिन्, "इस्लाममा कडा निषेध गरिएको सुँगुरको मासु जबरजस्ती खुवाउने काम भइरहेको छ । नखानेहरुलाई कुटपिट गर्ने र यौन दुर्व्यवहार गर्ने काम हुन्छ ।"

    "हरेक शुक्रबार, हामी सुँगुरको मासु खान बाध्य भएका थियौं," सौतबेले भनिन् । “उनीहरूले जानाजानी त्यस्तो दिन छनोट गरे, जुन मुसलमानहरूका लागि पवित्र दिन हो । र यदि तपाईंले यसलाई अस्वीकार गर्नुभयो भने तपाईंले कठोर सजाय पाउनुहुनेछ ।”

    चिनियाँहरुले मुस्लिम बन्दीहरुको अपमान गर्ने र संस्कृतिलाई नष्ट गर्ने उद्देश्यले यस्तो नीति डिजाइन गरिएको थियो । मासु खाँदा हरेक पटक भावनामाथिको गरिएको कुठाराघात सम्झिँदा पनि निकै ग्राह्रो हुन्छ । 

    “म त्यस्तो महसुस गरिरहेको थिएँ कि म एक फरक मान्छे हुँ । मेरो चारैतिर अँध्यारो भयो । यो स्वीकार्न साँच्चै गाह्रो थियो," उनले भनिन् ।

    सउतबे र अन्यहरुले दिएको बयानहरु सुन्दा चीनले सिन्जियाङमा कसरी ज्यादती गरिरहेको छ भन्‍ने प्रष्ट हुन्छ । अधिकांश मुस्लिम जातीय अल्पसंख्यकको सांस्कृतिक र धार्मिक विश्वासमा चोट पुर्‍यार्ने उद्देश्यले व्यापक निगरानी कार्यान्वयन गरिएको छ । सन् २०१७ देखि त्यहाँ उनीहरुलाई यातना दिने काम गरिरहेको छ । 

    तर, चीनले भने अतिवादाई नियन्त्रण गर्नका लागि उनीहरुलाई पुर्नशिक्षा शिविरमा राखिएको दाबी गरिरहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend