काठमाडौँ- बागमति प्रदेश खेलकुद विकास परिषद्ले आफु मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरु लाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
यो संघिय परिषद र प्रदेश खेलकुद विकास परिषद् बीचको पहिलो संयुक्त कार्यक्रम हो। प्रदेश र संघबीच समन्वय र सहकार्यको शुरु भएको अर्थमा कार्यक्रम पहिलो भएको हो।
काठमाडौंमा भएको कार्यक्रममा प्रदेशका प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले सम्बोधन गरेका थिए ।
ओलम्पिक कमिटी अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला, प्रदेश सभा सदस्य मिना ज्ञवाली लगाएतले सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री दुलालले संघीय संरचना अनुसार अहिलेका खेलकुद संरचनाले राम्रोसँग काम गर्न सकेमा अब नेपालि खेलकुद जगतको स्वर्ण युग सुरु हुने बताए । सदस्यसचिव सिलवालले आफुहरु बागमती प्रदेशको कामबाट अत्यन्तै प्रभावित भएको बताए । उनले भने, बागमती प्रदेशले केन्द्रीय परिषद् र केन्द्र सरकारलाई समेत पछि पछि हिड्न बाध्य पारेको छ ।
प्रदेशले केन्द्रको सिको गर्नुपर्नेमा अहिले केन्द्रले प्रदेशको सिको गरेर योजना र कार्यक्रम बनाउनु परेको बताए । प्रदेशका सामाजिक बिकास मन्त्री दुलाल खेलकुद र खेलक्षेत्रको संभावना बुझेको मन्त्री भएको हुँदा बागमती प्रदेश धेरै अगाडि जान सक्षम भएको समेत सिलवालले बताएका थिए । देश संघीयतामा गइसके पछि प्रदेश र राखेप बीच बलियो समन्वय गरि काम गरेमा मात्रै सबै तहका सरकारले खेलकुद क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गर्न सक्नेमा सबैको जोड थियो ।
कार्यक्रमका अध्यक्ष तथा प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जिल्लाका अध्यक्ष र कार्यालय प्रमुखहरुलाइ अबका दिनमा काम गर्दा आइपर्न सक्ने सम्भावित कानुनी अस्पष्ठता र अन्योलका बिचमा कसरी काम गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बिभागिय प्रमुख कुल बहादुर थापाले प्रसासन संचालन र कर्मचारीहरु ब्यबस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखहरु र प्रदेश खेलकुद बिकास परिषद्का सबै सदस्यहरुको सहभागीता रहेको थियो ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।