आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्याटेलाइट तस्बिरबाट खुल्यो चीनको पोल, भुटानको क्षेत्रमा  विवादित सीमा क्षेत्रमा संरचना बनाउँदै चीन

स्याटेलाइट तस्बिरबाट खुल्यो चीनको पोल, भुटानको क्षेत्रमा  विवादित सीमा क्षेत्रमा संरचना बनाउँदै चीन

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 3.8K
    SHARES

  • स्याटेलाइट तस्बिरबाट खुल्यो चीनको पोल, भुटानको क्षेत्रमा  विवादित सीमा क्षेत्रमा संरचना बनाउँदै चीन

    हङकङ - चीनले छिमेकी मुलुकहरुको भूमि अतिक्रमण गर्ने गरेको प्रमाण थप फेला परेका छन् । भारतसँग सीमा विवादका कारण समस्या सिर्जना गरेको चीनले भुटानको भूमिमा पनि संरचनाहरु बनाइरहेको पाइएको छ । 

    नयाँ स्याटेलाइट तस्बिरहरुमा देखिए अनुसार चीनले हिमालयन मुलुक भूटान र भारतको उत्तरपूर्वी क्षेत्रको विवादित सीमामा संरचना निर्माण गरिरहेको देखिएको छ । सन् २०१७ मा चीन र भारतबीच भएको एक महिना लामो युद्धको भएको क्षेत्र डोक्लाममा चीनले संरचनाहरु बनाइरहेको पाइएको हो । 

    अमेरिकास्थित उपग्रह अपरेटर म्याक्सार टेक्नोलोजीका अनुसार अक्टोबर २८, २०२० को तस्बिरहरूले देखाउँछ, "यस वर्ष तोरसा नदी उपत्यका क्षेत्रमा स्पष्ट रूपमा उल्लेखनीय निर्माण गतिविधि भइरहेका छन् ।" एक विज्ञप्तिमा म्याक्सारले डोक्कलाम क्षेत्र नजिकै "नयाँ सैन्य भण्डारण बन्कर" पनि निर्माण गरिएको जनाइएको छ । 

    म्याक्सारले स्याटेलाइट तस्बिरहरुले भुटानको भूमिमा पाङ्‌डा गाउँ निर्माण गरेको छ । सन् २०१७ मा भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको बिन्दुमा चिनियाँ पक्षकले आपूर्ति डिपो बनाएको देखाइएको छ । 

    एक विज्ञप्तिमा भारतका लागि भुटानी राजदूत मेजर जनरल वेत्सोप नामग्यायलले भने, "भुटान भित्र कुनै चिनियाँ गाउँ छैन ।" 

    चिनियाँ  मन्त्रालयले भनेको छ, "चीनको आफ्नै क्षेत्रमा निर्माण गतिविधि पूर्णरूपमा चीनको सार्वभौमिकताको दायराभित्र गरिरहेको छ र कुनै गलत कामहरु गरेको छैन ।" भारतको विदेश मन्त्रालयले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend