बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

आज यी स्थानमा वर्षा हुने सम्भावना

आज यी स्थानमा वर्षा हुने सम्भावना

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 6.4K
    SHARES

  • आज यी स्थानमा वर्षा हुने सम्भावना
    फाइल तस्बिर

    काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिवार केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । 

    महाशाखाले शनिवारको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापीय प्रणाली बनेकोले हल्का वर्षा हुन सक्ने जनाएको हो । 

    महाशाखाले हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी स्थानमा मौसम सामान्यतय सफा रहेको जनाएका छन् ।

    शनिवार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ । १ नम्बर प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । 

    शनिवार राति १ नम्बर प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदली रहने छ । १ नम्बर प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका १–२ स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०८:५३:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend