बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

विश्वमै पहिलो पटक नेपालमा ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी

विश्वमै पहिलो पटक नेपालमा ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 6.4K
    SHARES

  • विश्वमै पहिलो पटक नेपालमा ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी

    काठमाडौं – विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै हुने भएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजालको संयुक्त आयोजनामा यहि मंसिर २३, २४ र २५ गते ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी हुने भएको छ ।

    ‘महिनावारीका कुरा मर्यादा केन्द्रित भएमात्र हुन्छ पुरा’ भन्ने मूल नारा दिइएको कार्यशाला गोष्ठी विश्वमै पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । गत जेठमा हुने भनिएको उक्त कार्यशाला कोभिड १९ महामारीका कारण सरेको थियो ।

    १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानको १४औं दिन अर्थात डिसेम्बर ८ का दिन मनाइन लागिएको दोस्रो अन्तर्राष्ट्रिय ‘मर्यादित महिनावारी दिवस’को अवसर पारेर कार्यशालाको आयोजना गरिएको हो ।

    शुक्रबार पत्रकार सम्मेलनमार्फत ‘महिनावारी विभेद नै हिंसा र मानवअधिकारको हनन्’ भन्ने तथ्यलाई आत्मसाथ गर्दै कार्यशाला गोष्ठीको आयोजना गरिएको जानकारी दिइएको हो । विद्युतीय माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा मानवअधिकार आयोगका गोष्ठी संयोजक मन्जु खतिवडाले सारभूत लैंगिक समानता प्राप्तिका लागि महिनावारीलाई मानवअधिकारको आखाले हेर्नुपर्ने बताइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०८:१९:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend