बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

खतरनाक लागुपदार्थको सूचीबाट गाँजा हटाइयो

खतरनाक लागुपदार्थको सूचीबाट गाँजा हटाइयो

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १९ २०७७

  • 4.1K
    SHARES

  • खतरनाक लागुपदार्थको सूचीबाट गाँजा हटाइयो

    संयुक्त राष्ट्रसंघले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने भएको छ । विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस गरेको थियो ।

    त्लायसपछि गुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोग (यूनसीएनडी) ले बुधबार बहुमतका आधारमा गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको बताइएको छ । भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा बुधबार भएको मतदानमा यूएनसीएनडीका ५३ सदस्यमध्ये २७ मुलुकले पक्षमा र २५ ले विपक्षमा मतदान गरेका थिए ।

    गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा नेपालले पनि मतदान गरेको छ । त्यस्तै पक्षमा मतदान गर्नेमा अमेरिका, बेलायत, भारत, अस्ट्रेलिया, थाइल्यान्ड, क्यानडा, बेल्जियम, फ्रान्सलगायत मुलुक छन् ।

    जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तान लगायतले भने विपक्षमा मतदान गरेका थिए । मतदानमा युक्रेन भने अनुपस्थित रहेको थियो । राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ८ २०७७०९:३३:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend