बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

चितवनमा प्रचण्डलाई चुनाव हराउने ओलीको रणनीति : मदन भण्डारी फाउण्डेशनको अभियान वडा तहसम्म

चितवनमा प्रचण्डलाई चुनाव हराउने ओलीको रणनीति : मदन भण्डारी फाउण्डेशनको अभियान वडा तहसम्म

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 4.5K
    SHARES

  • चितवनमा प्रचण्डलाई चुनाव हराउने ओलीको रणनीति : मदन भण्डारी फाउण्डेशनको अभियान वडा तहसम्म

     काठमाडाैं -  मदन भण्डारी फाउण्डेशन चितवनले आफ्ना गतिविधिलाई तीव्रता दिएको छ। फाउण्डेशनले जिल्लाका सात पालिका, तीन क्षेत्र र वडा तहसम्म समिति विस्तार अभियान सञ्चालन गरेको छ। फाउण्डेशनका जिल्ला अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार हालसम्म जिल्लाका राप्ती, खैरहनी र कालिका नगर कमिटी तथा क्षेत्र नं १ कमिटी गठन गरिसकिएको छ ।

    रत्ननगर नगर कमिटी र भरतपुर महानगर कमिटी गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको अध्यक्ष भट्टराईले जानकारी दिए। कालिका नगरपालिकामा मदन भण्डारी स्पोर्टस् एकेडेमीसमेत गठन गरिएको छ। माडी नगर कमिटी र इच्छाकामना गाउँ कमिटी गठनबारे छलफल भइरहेको बताउँदै उनले अगाडि भने, ‘पालिका र क्षेत्रीय कमिटी गठन सम्पन्न भएपछि वडा कमिटी गठन गरिने छ।’

    जननेता मदन भण्डारीका नाममा स्थापित उक्त फाउण्डेशनले सामाजिक कार्यका साथै विकासनिर्माणका काममा समेत सहजीकरण गर्दै आएको छ। रक्तदान, आँखा शिविर जस्ता कार्यक्रम गरिरहेको फाउण्डेशनले दासढङ्गादेखि गाँजीपुर हुँदै गोलाघाटसम्मको एकीकृत विकास गर्ने अभियानमा सहजीकरण गरेको छ।

    दासढङ्गा र गाँजीपुरमा गत वर्ष केही विकासका काम भइसकेका छन् भने यस वर्षका लागि पनि बजेट विनियोजन भएको छ। नेकपा ‘एमाले’का तत्कालीन महासचिव भण्डारीको जीप दासढुङ्गाबाट त्रिशूलीमा खसेको थियो। उनको शव गाँजीपुरमा भेटिएको थियो। तर, उनै भण्डारीकी पत्नी अहिले यो देशको सर्वश्रेष्ठ पद (राष्ट्रपति) हुँदासमेत छानविनको प्रक्रिया अघि नबढाउनुलाई भने संकाको नजरले हेरिँदै आइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend