आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सेन्काकु टापुमाथिको चिनियाँ दाबीलाई जापानद्वारा निन्दा 

सेन्काकु टापुमाथिको चिनियाँ दाबीलाई जापानद्वारा निन्दा 

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 14.3K
    SHARES

  • सेन्काकु टापुमाथिको चिनियाँ दाबीलाई जापानद्वारा निन्दा 

    टोकियो - चीनले जापानको सेन्काकु टापुमाथि आफ्नो सम्प्रभूता दाबी गरेका छन् । चीनको यस्तो दाबीलाई जापानले कडा निन्दा गरेको छ । 

    चिनयाँ विदेशमन्त्री वाङ यीले शुक्रबार जापानको सेन्काकु टापुमाथि आफ्नो सम्प्रभूता रहेको दाबी गरेका थिए । चिनियाँ विदेशमन्त्रीको उक्त दाबीलाई जापानी विदेशमन्त्री तोसीमित्सु मोटेगीले कडा निन्दा गर्दै उक्त दाबी खारेज गरेका छन् । 

    जापानी विदेशमन्त्री मोटेगीले भने, "टोकियो प्रशासित सेन्काकु टापुलाई पूर्वी चीन सागरको हिस्सा भएको र चिनियाँ सम्प्रभू क्षेत्र भएको भन्‍ने चिनियाँ विदेशमन्त्रीको अभिव्यक्ति पूर्णरुपमा अस्वीकार्य छ ।" 

    "सेन्काकू टापु निसन्देह हाम्रो देशको पराम्परागत र ऐतिहासिक ऐतिहासिक क्षेत्र हो । यो अन्तर्राष्ट्रिय कानुनअन्तर्गत पनि जापानको भूमिमा पर्छ," मोटेगीले संसदीय कमेटीलाई सम्बोधन गर्दै भने, "केही चिनियाँ नेताहरुले टोकियोको भ्रमणका क्रममा उक्त क्षेत्र दाबी गरेपछि जापानले उक्त अभिव्यक्तिलाई कडा आलोचना गरेको छ ।" 

    मोटेगीले चिनियाँ विदेशमन्त्रीको अभिव्यक्तिप्रति सत्तारुढ दल लिब्रल डेमोक्रेटिक पार्टीका सांसद हिरोशी यमदाले प्रश्‍न उठाएपछि यस्तो टिप्पणी गर्दै चिनियाँ विदेशमन्त्रीको अभिव्यक्तिको कडा निन्दा गरेका हुन् । 

    "जापानी जनता विदेशमन्त्री मोटेगीले चिनियाँ उक्त कदमको कडा विरोध गरुन् भन्‍ने चाहन्छन्," यमदाले भने ।

    मोटेगीले चिनियाँ समकक्षीसँगको वार्ताका क्रममा पनि उक्त क्षेत्र जापानको भएको र सामुद्रिक क्षेत्रमा जहाज नपठाउन वा क्षेत्रमा जापानी जहाजको सम्पर्कमा नआउनसमेत आग्रह गरेको बताएका छन् । 

    साउथ चाइना मोर्निंग पोस्टका अनुसार जापानी विदेश मन्त्रालयका एक अधिकारीले बिहीबार प्रोटोकल नियमहरूले मोटेगीलाई वार्तामा वाङको अभिव्यक्तिबारे टिप्पणी गर्नबाट रोकेको थियो, जसलाई संयुक्त प्रेसका क्रममा बताएका थिए । 

    जापान सरकारले टापुहरू जापानको क्षेत्रको अन्तर्निहित अंश भएको, इतिहास र अन्तर्राष्ट्रिय कानुनको हिसाबले पनि चीनले गर्न दाबी निराधार भएको पुष्टि गर्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend