काठमाडाैं - नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्न आज मंगलबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने भएको छ। बालाजु वितरण केन्द्रका अनुसार काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्न लागिएको छ।
दिउँसो ११ बजेदेखि २ बजेसम्म गोंगबु, बालुवाटार, बुढानिलकण्ठ, धापासीलगायत क्षेत्रमा विद्युत सप्लाइ बन्द हुने बालाजु वितरण केन्द्रले सूचना निकालेर जानकारी गराएको हो।
‘रिङरोड विस्तार कार्यका लागि महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत रिङमेन महराजगञ्ज फिडर १ र २ भित्रको एचटि ११००० भोल्ट लाइन तथा पोल सार्ने कार्य गर्नुपर्ने भएको हुँदा काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द हुनेछ,’ सूचनामा भनिएको छ। यस्तै वानेश्वर वितरण केन्द्रले पनि विभिन्न स्थानमा मंगलबार र बुधबार विद्युत सप्लाइ बन्द गर्ने भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।