काठमाडौं – त्रिभुव विमानस्थलबाट अवैध सुन ओसारपोसार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। दुबईबाट एयर अरेबियाको बिमानमा काठमाडौं ओर्लिएका इन्द्रबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो।
बोहोराले सुनलाई मोबाइलको ब्याट्रीबक्स र चकलेटको खोलमा लुकाएर ल्याएको प्रहरीले जनाएको छ। रुकुम घर भएका बोहोराको साथबाट प्रहरीले २.१८० ग्राम पाता बनाएको सुन बरामद गरिएको हो। पक्राउ परेको बोहोरालाई प्रहरीले सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।