बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चीनका रक्षामन्त्री वेईले नेपाललाई दिएनन् महत्व, पाँच घन्टा पनि बस्न मानेनन्

चीनका रक्षामन्त्री वेईले नेपाललाई दिएनन् महत्व, पाँच घन्टा पनि बस्न मानेनन्

  • मिडिया डबली
  • आइतवार, मंसिर १४ २०७७

  • 11.2K
    SHARES

  • चीनका रक्षामन्त्री वेईले नेपाललाई दिएनन् महत्व, पाँच घन्टा पनि बस्न मानेनन्

    काठमाडौं - नेपालको वर्तमान सरकारले चीनलाई निकै महत्व दिने गरेका छन् । तर, चीनले भने नेपाललाई जासुसीका रूपमा मात्र प्रयोग गर्ने गरेको देखिएको छ ।

    अहिलेसम्म कुनै ठोस सहयोग नगर्नुले चीनले नेपाललाई उपयोगिताको सिद्धान्त अपनाउने गरेको देखिन्छ । भारतीय विदेशसचिव फर्केकै भोलिपल्ट चिनियाँ रक्षामन्त्री वेई फङ्गेह आइतबार नेपाल आएका छन् ।

    बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै त्यहाँबाट सोझै बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । उनी त्यहाँ चिनियां दूतावासले आयोजना गरेको द्विदेशीय सहयोग समन्वयको बृहत कार्यक्रममा सहभागी भएर सैनिक मुख्यालय पुगेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पहिलो भेटवार्ता गर्नेछन् ।

    चिनियाँ रक्षामन्त्री वेइ एक दिने भ्रमणको लागी नेपाल आएका हुन् । तर, उनी पाँच घन्टा पनि बस्ने छैनन् । उनले नेपाल भ्रमणको क्रममा प्रधानसेनापति थापासँगै राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गर्नेछन् ।

    दिउंसो दुई बजेपछि मात्र चिनियां रक्षामन्त्री वेइको औपचारिक भेटघाट सुरु हुनेछ । उनी राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र प्रधानसेनापति थापालाई भेटेपछि सोझै विमानस्थल जाने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १४ २०७७१०:१७:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend