आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंको शंखमूलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौंको शंखमूलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

  • मिडिया डबली
  • शनिवार, मंसिर १३ २०७७

  • 3.0K
    SHARES

  • काठमाडौंको शंखमूलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
    फाइल तस्बिर

    काठमाडौँ-शंखमूल नजिक आज साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।

    कोटेश्वरबाट कोरिडोर सडक हुँदै शंखमूलतर्फ आउँदै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३­०२­००६ प ८८०० नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

    साँझ ६ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका कोटेश्वर निवासी २२ वर्षीय सुदीप तिमिल्सिनाको नागरिक अस्पताल बानेश्वरमा उपचारका क्रममा ७ः२५ बजे मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।

    अर्को मोटरसाइकलमा सवार सानु खान घाइते रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको बानेश्वर प्रहरीले जनाएको छ। सिसी क्यामराको श्रव्यदृष्य हेरेपछि मात्रै अन्य घटनाको विवरण खुल्ने प्रहरीले जानकारी दिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १० २०७७०४:०८:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend