आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मुुम्बई हमलाको सम्झनामा काठमाडौंमा 'मैनबत्ती र्‍याली'

मुुम्बई हमलाको सम्झनामा काठमाडौंमा 'मैनबत्ती र्‍याली'

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०७७

  • 6.3K
    SHARES

  • मुुम्बई हमलाको सम्झनामा काठमाडौंमा 'मैनबत्ती र्‍याली'

    काठमाडौँ- २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, त्यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो।

    mumbai attakc7.jpg

    सोही २६/११ मुम्बई आतंकी हमलामा मारिएकाहरूको सम्झनामा राष्ट्रिय एकता अभियानले मैनबत्ती र्‍याली निकालेको छ।

    mumbai attack1.jpg

    र्‍यालीमा अभियानका दर्जनौ कार्यकर्ताहरूको सहभागीता रहेको थियो। अभियानले निकालेको उक्त र्‍याली महाराजगन्जबाट सुरू भइ पकिस्तानी दूतावास अगाडि कोण सभामा परिणत भएको थियो।

    mumbai attaack6.jpg

    उक्त आक्रमणमा मारिएका निर्दोषहरूप्रति अभियानले श्रद्धाञ्जली समेत ब्यक्त गरेको छ। अभियानले निकालेको र्‍यालीमा पाकिस्तान-आतंकबादलाई प्रसय दिन बन्द गर,आतंकवादको अन्त नै विश्वशान्तिको आगमन र आतंकवादलाई प्रसय दिने देश अपराधी लगायतका नारा लगाइएको थियो।

    mumbai attack.jpg

    अभियानका संयोजक विनय यादवले पाकिस्तानमा लुकेका आन्तकवादीहरूलाई कारवाही नहुन्जेलसम्म विश्वमा शान्ति कायम हुन नसक्ने बताए।

    mumbai attack2.jpg

    हमलाकारीले मुुम्बईका दुुईवटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाए । यति ठूला आतंकी हमला हुनसक्छ भन्ने अनुमान सुरुमा कसैलाई पनि थिएन ।

    mumbai attack9.jpg

    २६ नोभेम्बरकै रात आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई पुलिसका केही अधिकारी हमलामा मारिएका थिए । लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनस (सिएसटी) बाट सुरु भएको यो तान्डव ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुुगेर २९ नोभेम्बरमा समाप्त भएको थियो ।

    mumbai attack5.jpg

    हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भयो । पक्राउ परेका एकमात्रै हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइएको थियो ।

    mumbai attack8.jpg

    फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए । उनका अनुसार घटनामा मारिएका ९ हमलाकारी यही संगठनका सदस्य थिए ।

    mumbai attack9.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend