काठमाडौँ- २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो ।सोही हमला बन्न पुग्यो मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो हमला जसमा १ सय ६० जनाभन्दा धेरैको ज्यान गयो।

२६/११ मुम्बई आतंकी हमला भनेर चिनिने हमलमा मारिएकाहरूको सम्झनामा मोटरसाइकल राष्ट्रिय एकता अभियानले र्याली निकालेको छ। र्यालीमा दर्जनौ कार्यकर्ताहरूको सहभागीता रहेको थियो। अभियानले जनकपुरमा मोटरसाइकल र्याली निकालेको हो।

र्यालीमा सहभागिहरुले सो हमलामा ज्यान गुमाएका निर्दोशहरुमाथि श्रद्धाञ्जली व्यक्त गरेका छन् । अभियानले निकालेको र्यालीमा आतंकबादलाई प्रसय दिन बन्द गर,आतंकवादको अन्त नै विश्वशान्तिको आगमन र आतंकवादलाई प्रसय दिने देश अपराधी लगायतका नारा लगाइएको थियो।

अभियानका संयोजक विनय यादवले पाकिस्तानमा लुकेका आन्तकवादीहरूलाई कार्वाही नहुन्जेलसम्म विश्व शान्ति कायम हुन नसक्ने बताए। हमलाकारीले मुुम्बईका दुुईवटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाए । यति ठूला आतंकी हमला हुनसक्छ भन्ने अनुमान सुरुमा कसैलाई पनि थिएन ।

२६ नोभेम्बरकै रात आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई पुलिसका केही अधिकारी हमलामा मारिएका थिए । लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनस (सिएसटी) बाट सुरु भएको यो तान्डव ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुुगेर २९ नोभेम्बरमा समाप्त भएको थियो ।

हमलाकारीमध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भयो । पक्राउ परेका एकमात्रै हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइएको थियो ।

फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए । उनका अनुसार घटनामा मारिएका ९ हमलाकारी यही संगठनका सदस्य थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।