आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानी इन्टरनेशनल एयरलाइन्सका ७ हजार कर्मचारीलाई बिदा गरिने 

पाकिस्तानी इन्टरनेशनल एयरलाइन्सका ७ हजार कर्मचारीलाई बिदा गरिने 

  • मिडिया डबली
  • बिहिवार, मंसिर ११ २०७७

  • 12.1K
    SHARES

  • पाकिस्तानी इन्टरनेशनल एयरलाइन्सका ७ हजार कर्मचारीलाई बिदा गरिने 

    इस्लामाबाद - पाकिस्तानका संघीय उड्डयन मन्त्री गुलाम सरवार खानले मंगलबार पाकिस्तानी इन्टरनेशनल एयरलाइन्स (पीआईए) का सात हजार कर्मचारीलाई बिदा गरिने बताएका छन् । उनीहरुलाई स्वैच्छिक बिदा योजनाअन्तर्गत बिदा गर्न लागिएको मन्त्री खानले बताएका हुन् । 

    एआरवाई न्युजको एक रिपोर्ट अनुसार सरवरले पीआईएलाई मात्र सात हजार कर्मचारी आवश्यकता पर्ने भएकोले १४ हजारमध्ये थप सात हजारलाई बिदा गर्न लागिएको हो । पाकिस्तानमा राजनीतिक प्रभावका कारण १४ हजार कर्मचारी भर्ती गरिएको समाचारमा जनाइएको छ ।

    उनले हाल १४ हजार कर्मचारीहरु कार्यरत छन् । बिदा हुने कर्मचारीहरुलाई क्षतिपूर्तिसमेत उपलब्ध गराइने भएको छ ।

    नोभेम्बर २१ को पाकिस्तान पीपुल्स पार्टीले पीआईए, स्टिल मिल र रेलवेका हजारौं कर्मचारीहरूलाई बर्खास्त गर्ने योजनालाई लिएर प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारको आलोचना गरेको थियो र त्यो निर्णयलाई अवैधानिक र असंवैधानिक घोषणा गरेको थियो ।

    पीपीपी नेता रजा रब्बानीले शनिबार एक विज्ञप्तिमा भनेका छन्, "दुर्भाग्यवस कि प्रत्येक सरकारको सेवा गरेका निर्वाचित नक्कली मजदुरहरूले श्रम विरोधी निर्णय लिइरहेका छन् ।"

    "श्रमिकहरूको पुनःसंरक्षण, निजीकरण र संरचनात्मक परिवर्तन जस्ता दूरगामी उपायहरू सीसीआईबाट छलफल गरी स्वीकृत नभएसम्म प्रभाव पार्न सकिँदैन," उनले भने ।

    यसैबीच २६२ पायलटको संदिग्ध इजाजतपत्रमा भएको पाइएको थियो । अनुसन्धानका क्रममा निर्दोष भेटिएकालाई सफाइ पत्रसमेत दिइएको बताइएको  छ ।

    उक्त खुलासा पछि, युरोपियन युनियन एयर सेफ्टी एजेन्सीले पीआईएको उडान परिचालन जुलाई १ देखि ६ महिनाको लागि प्रतिबन्ध गरेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १४ २०७७१२:४४:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend