काठमाडौं- गण्डकी प्रदेशसभा सांसद दीपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती चोरीको आरोपमा पक्राउ परेकी छन्।
बहुमूल्य मूर्ति चोरीको आरोपमा कास्कीमा मुद्दा दर्ता भएकी मनाङेकी श्रीमती दिक्छेन डोल्मा लामालाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरी पोखरा लगिएको छ। लामा हेटौंडमस्थित माइती घरमा बस्दै आएकी थिइन् ।
जिल्ला अदालत कास्कीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। उनलाई पक्राउ गरि कास्की पठाइएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।