काठमाडौं - भीमेश्वर मन्दिरको शिलामा पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ। मंगलबार दिउँसो १ः४५ बजेदेखि पटकपटक अपरान्ह ३ः५४ बजेसम्म शिलामा पसिना आएको प्रेस विज्ञप्ति निकालेर प्रशासनले जानकारी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले निकालेको विज्ञप्तिमा प्रचलित परम्पराअनुसार पूजारी र गुठियारहरूले पूजापाठ गरिसकेको उल्लेख छ।
शिलामा पसिना आएको जानकारी आएपछि प्रशासन र सुरक्षा निकायका प्रमुख मन्दिर पुगेर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग बैठक बसेर राष्ट्र प्रमुखलाई महाप्रसाद पठाउने व्यवस्थापन मिलाइएको उनले बताए।
'मंसिर १० बजे राष्ट्रपतिज्यू समक्ष दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाइएको व्यहोरा सबैमा जानकारी गराइन्छ,’ उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।