बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीले अध्यक्ष छोडे माधव नेपाल अध्यक्ष र प्रधानमन्त्री छोडे प्रचण्ड प्रधानमन्त्री बन्ने

ओलीले अध्यक्ष छोडे माधव नेपाल अध्यक्ष र प्रधानमन्त्री छोडे प्रचण्ड प्रधानमन्त्री बन्ने

  • मिडिया डबली
  • बुधवार, मंसिर १० २०७७

  • 6.6K
    SHARES

  • ओलीले अध्यक्ष छोडे माधव नेपाल अध्यक्ष र प्रधानमन्त्री छोडे प्रचण्ड प्रधानमन्त्री बन्ने

     काठमाडौं - नेकपामा एक व्यक्ति एक पदको बहस पुरानो भइसक्यो कार्यान्वयन मात्रै हो हुन नसकेको हो। पार्टी भित्र विवाद चुलिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रका दुवै पक्षले अहिले आफ्ना रणनीति बनाइरहेका छन्।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई विभिन्न आरोप लगाउँदै राजनीतिक प्रतिवेदन नै ल्याइसक्यो। त्यसको जवाफ दिने तयारीमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी ओली छन्। यता दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने ओलीलाई प्रधानमन्त्री वा अध्यक्ष एक पद जसरी पनि छुटाउने रणनीतिमा जुटेका छन्।

    ओली पक्ष भने प्रचण्डले कात्तिक २८ गते पेश गरेको प्रतिवेदन फिर्ता गराउन नसकेपछि त्यसको जवाफ लेख्न व्यस्त छ। प्रचण्डले उक्त प्रस्ताव फिर्ता नलिए पार्टी फुटको बाटोमा जाने उनीहरूको चेतावनी छ। प्रचण्ड–नेपाल पक्ष भने ओलीले यसअघि निर्णय भएका कुरा उनले पालना नगरेकाले अन्तिमसम्म पनि उनीसँग सम्झौता नगर्ने मुडमा छन्।

    यसअघि स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन नभएकोले प्रधानमन्त्री ओलीले एक पद छोड्नै पर्ने निश्कर्षमा प्रचण्ड र नेपाल पुगेका छन्। सचिवालयमै कार्यदल बनाएर साझा प्रस्तावको रूपमा लैजाँदा पनि प्रधानमन्त्री ओलीले एक पद भने छोड्न पर्ने परिस्थिति बन्ने बताइएको छ।

    प्रचण्ड–नेपालनिकट उच्च स्रोतका अनुसार उनीहरूले प्रधानमन्त्रीलाई नै दुईमध्ये एक पद छोड्न लगाउने तयारीमा छन्। प्रधानमन्त्री ओलीले अध्यक्ष छोडे वरिष्ठ नेता नेपाल अध्यक्ष र प्रधानमन्त्री छोडे प्रचण्ड प्रधानमन्त्री बन्ने सहमतिसमेत दुई नेताबीच भएको स्रोतको दाबी छ। ओलीले दुईमध्ये एक पद नछोडे त्यसपछि अन्य कदम चाल्ने उनीहरूको तयारी छ।

    यसअघि भन्दा अहिले आफ्ना समूहका नेताहरू एक ढिक्का रहेकोसमेत उनीहरुको दाबी छ। अन्तिम अवस्थामा गृहमन्त्री रामबहादुर थापा ुबादलुसमेत आफूहरूको पक्षमा आउने उनीहरूको आकलन छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend