बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडाैंमा लकडाउन गर्ने विषयमा सीसीएमसीले गर्याे निर्णय ?

काठमाडाैंमा लकडाउन गर्ने विषयमा सीसीएमसीले गर्याे निर्णय ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर ९ २०७७

  • 5.0K
    SHARES

  • काठमाडाैंमा लकडाउन गर्ने विषयमा सीसीएमसीले गर्याे निर्णय ?
    फाइल तस्वीर

    काठमाडौं- कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठकले लकडाउन गर्ने या नगर्ने विषयमा कुनै पनि निर्णय गरेको छैन् ।

    उपत्यका मेयर्स फोरमले कम्तिमा दुई साता लकडाउन गर्न दिएको सुझावबारे पनि छलफल भएको थियो । तर, लकडाउनबारे कुनै निर्णय भएन । बरु कोरोना संक्रमणको उच्च जोखिम रहेको स्थानलाई सिल गरी सुरक्षा उपाय अपनाउनेतर्फ कदम चाल्ने योजनाबारे छलफल भएको बुझिएको छ ।

    आज सिंहदरबारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिदै जाने निर्णय भने गरेको छ । 

    नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकता अनुसार विस्तारै नियमित उडान अनुमति दिदै जाने निर्णय भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend