काठमाडौँ- उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६९२, भक्तपुरमा ६५ र लतिपुरमा १९० जनामा कोरोना पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २४ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतक संख्या १३ सय ६१ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।