काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीका गतिविधिहरु बहुमतको खोजिका लागि भएको टिप्पणी गरेका छन् । ओलीका पछिल्ला गतिविधिहरुले सहमति हुन नसकेमा बहुमत पाए ओलीले नेकपा फुटाउँने कुरा लगभग निश्चित नै रहेको अनुमान गरिएको छ ।
सुरुदेखि नै आफु एकता जोगाउँन लागिपरेको तर, अर्काे पक्षले भने एकता नभइ बहुमतको खोजि गरिरहेको बताउँदै उनले अब, आफु पछि नहट्ने घोषणा गरेका छन् ।
कार्यकारी अध्यक्ष दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन कुनैपनि हालतमा फिर्ता नगर्ने घोषणा गरेका हुन् ।
आफ्नै पार्टीका स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल र टोपबहादुर रायमाझीसँग आज आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा दाहालले सचिवालयमा पेश गरेको प्रतिवेदन फिर्ता लिने कुनै सम्भावना नै नभएको बताएका हुन् ।
दाहालले प्रतिवेदन फिर्ता नलिने कुरा नेता गजुरेलले एक अन्तर्वातामा बताएका हुन् । यसरी प्रचण्ड आफ्नो अडानमा अडिग रहेका छन्, भने ओलीले प्रचण्डविरुद्ध पनि प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । दुईपक्षबीच उचित वार्ता हुन नसक्दा पार्टी फुटको स्थितीमा पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।