बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीले नेकपा फुटाए यस्तो हुनेछ सांसदहरुको हिसाब किताब, जसपा र कांग्रेस कता ?

ओलीले नेकपा फुटाए यस्तो हुनेछ सांसदहरुको हिसाब किताब, जसपा र कांग्रेस कता ?

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 21.3K
    SHARES

  • ओलीले नेकपा फुटाए यस्तो हुनेछ सांसदहरुको हिसाब किताब, जसपा र कांग्रेस कता ?

     काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) फुटको संघारमा छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा आलीलाई गम्भिर आरोप लगाएर प्रतिवेदन ल्याएपछि राजनीति तरंगित बनेको हो।

    ओलीले एकलौटी गरेपछि प्रचण्डले आफ्नो कडा कदम चालेको पार्टी भित्रै पनि सुन्न पाइन्छ। अब प्रचण्डसँग मिल्न नसकेको अवस्थामा ओलीले पार्टी फुटाएर पनि सरकारको नेतृत्व गर्ने चाह राखेको स्पष्ट हुन्छ। किनकि शनिबार तीन घण्टा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलले ओली पार्टी फुटाउने रणनीतिका साथ अघि बढेको देखिन्छ।

    तर, कतिले देउवासँग भेटेर ओलीले दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई तर्साउन खोजेको रुपमा पन िचित्रित गरेका छन्। यदी पार्टी फुटेको अवस्था आयो भने ओलीलाई कति र्सांसद भएर सरकार बनाउन पुग्छ त ओली त्यताको हिसाब किताबमा पनि लागि सकेको बताइएको छ।

    अहिले प्रतिनिधिसभामा कांग्रेससँग ६३ सांसद छन् । र जसपासँग ३४ जना सांसद छन् । यी दुई दल मिल्दा ९७ जना सांसद हुनेछन् । यसरी हिसाब गर्दा सरकार बनाउन अब ४१ सांसदआवश्यक पर्छ। किनभने अहिले सरकार बनाउन जम्मा १३८ सांसद भए पुग्छ । कदाचित कांग्रेस, जसपा र ओली समूह मिल्दा सरकार निर्माणका लागि सांसदको संख्या पर्याप्त हुन्छ । ओलीसँग नेकपाका ६४ जना सांसद त हस्ताक्षर गरेर नै बसेका छन् ।

    नेकपाभित्र बहुमत पुर्‍याउन ८८ जना सांसद चाहिने भएका कारणले मात्रै ओली कमजोर देखिएका हुन । कम्तीमा ६४ जना सांसद नै बोकेर गए भने यी तीन समूहको गठजोडमा सरकार बन्न सक्छ । तर, जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जसरी दिल्ली भ्रमणका बेला अपमानजनक ढंगमा प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्रीबाट कानून मन्त्रालयमा ताने, त्यो आक्रोशले यादव सहजै ओली कित्ताको समर्थनमा नपुग्न सक्छन् ।

    उपेन्द्र यादव ओलीभन्दा पनि प्रचण्डसँग निकै नजिक छन्। ओली नेतृत्वको सरकारमा यादवको प्रवेश पनि प्रचण्डका कारण भएको थियो । त्यस्तो अवस्थामा जसपाले ओलीलाई समर्थन गर्ने अवस्था आएन र कांग्रेस र ओली समूहले मात्रै सरकार बनाउनुपर्ने भएमा चाहिँ ओली समूहुलाई कम्तीमा ७५ जना सांसद चाहिन्छ । ओली समूहमा ७५ जना सांसन नपुग्दा भने ओलीलाई समस्या आउन सक्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend