बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डको प्रस्ताव किताबको रुपमा सातै प्रदेश पठाइयो, ओलीलाई ‘तनाब’

प्रचण्डको प्रस्ताव किताबको रुपमा सातै प्रदेश पठाइयो, ओलीलाई ‘तनाब’

  • मिडिया डबली
  • सोमवार, मंसिर ८ २०७७

  • 6.0K
    SHARES

  • प्रचण्डको प्रस्ताव किताबको रुपमा सातै प्रदेश पठाइयो, ओलीलाई ‘तनाब’

    काठमाडौं - नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माविरुद्ध नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विभिन्न आरोपसहित सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदन प्रचण्ड÷माधव समूहले सातै प्रदेशमा बाँडेको छ। केपी ओलीले मदन भण्डारी फाउण्डेशनलगायत केही संगठनको मद्दतले गुट सक्रिय पारेको पत्तो पाएको दाहाल, नेपाल समूहले तल्लो तहदेखि नै ओलीलाई काउन्टर दिने तयारी थालेको हो।

    प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई सोहि रणनीतिअनुरुप पार्टीको सबै प्रदेश तहमा पठाइएको छ। पार्टी फुटकै संघारमा छ र सोही अनुसार प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक सक्रियता बढाएपछि दाहाल÷नेपाल समूहले पनि नयाँ रणनीति अपनाएको हो।

    यो समूहले प्रतिवेदनमा के थियो भनेर जानकारी सबै तहलाई थाहा हुनुपर्ने भन्दै पुस्तक नै बनाएर प्रतिवेदन पठाएको छ। १० हजार प्रति उक्त प्रतिवेदन प्रकाशन गरिसकिएको बताइएको छ। कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको समर्थनमा प्रचण्डले १९ पेजको सो राजनीतिक प्रस्ताव सचिवालय बैठकमा कात्तिक २८ गते पेस गरेका थिए।

    पाँच भागमा रहेको सो प्रस्तावमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण नगरेको, सरकार सञ्चालनमा पार्टीलाई अवज्ञा गरेको, पार्टीमा गुटबन्दी गरेको लगायतका आरोप लगाइएको छ। प्रचण्डले सो प्रस्ताव सचिवालय बैठकमा पेस गरेपछि मंसिर ३ गते बसेको अर्को बैठकमा ओलीले सो प्रस्तावमा आफूविरुद्ध आधारहीन आरोपहरु लगाएको हुँदा आफूले त्यसको जवाफस्वरुप काउन्टर प्रस्ताव ल्याउने बताएका थिए। त्यसका लागि उनलाई प्रतिवेदन लेख्न १० दिनको समय दिइएको छ।

    सो निर्णयअनुसार अध्यक्ष ओलीले आगामी १३ गतेको सचिवालय बैठकमा प्रतिवेदन पेस गर्ने तय भएको छ। तर, ओलीले भने मंसिर ४ गतेदेखि नै आफ्नो गुटको कार्यक्रम देशैभर अघि बढाएको भनी प्रचण्ड–नेपाल पक्षले प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावलाई सबै प्रदेशमा पठाएका हुन्।

    ओलीले शनिबार सत्तासाझेदारीका लागि भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend