काठमााडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा यतिबेला उग्र विवादको स्थितीमा रहेको छ । यसबीच पार्टी फुट्ने सम्भावना निकै बढेको छ ।
हिजो शनिबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । नेकपामा फुट्ने सम्भावना निकै बढी देखिएपनि नेताहरु एकता जोगाउँन सक्रिय छन् ।
यसबीच नेकपा स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले पार्टी नफुट्ने तर सरकार भने परिवर्तन हुन सक्ने बताएका छन् । कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने बताएका हुन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेता रावलले सरकार भने परिवर्तन हुन सक्ने बताए ।
उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै जना पार्टी फुटाउने योजना समेत नरहेको उल्लेख गर्दै पार्टी कुनै माटोको हाडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने ठोकुवा गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।