बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेकपामा जुहारी : प्रचण्ड-जसपातिर ओली-देउवातिर

नेकपामा जुहारी : प्रचण्ड-जसपातिर ओली-देउवातिर

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 6.4K
    SHARES

  • नेकपामा जुहारी : प्रचण्ड-जसपातिर ओली-देउवातिर

    काठमाडौं- शनिबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा लामो छलफल भएको छ । छलफलका क्रममा ओलीले देउवालाई आफुसँग मिल्नका लागि आग्रह गरेको बताइएको छ ।

    नेकपा फुटाएर कांग्रेसलाई आठ मन्त्रालय दिने ओलीको प्रस्ताव ? नेकपा फुटाएर कांग्रेसलाई आठ मन्त्रालय दिने ओलीको प्रस्ताव ?

    ओलीले पार्टी फुटाएको खण्डमा सत्ता साझेदारी गर्न कांग्रेससँग प्रस्ताव गरेका हुन्। ओलीको प्रस्तावमा देउवाले छलफल गरेर जवाफ दिने बताएको बुझिएको छ। ओलीले देउवालाई आठ वटा मन्त्रालय कांग्रेसलाई दिन तयार रहेको पनि बताएको छ।

    यसबीच नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षले जनता समाजवादी नेपालसँग निकटता बढाएका छन् । स्रोतकाअनुसार दाहाल र नेपालले जसपाका नेताहरु उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोसँग सत्ता–साझेदारीमा केन्द्रित रहेर छलफल गरेको बुझिएको छ । 

    अहिले संसदमा जसपाको ३३ सिट छ । दाहाल– र माधवकुमार नेपालको पक्षमा ९६ र जसपाको ३३ सिट जोड्दा कुल १ सय २९ मात्रै पुग्छ । सरकार बनाउनको लागि कुल १ सय ३८ सिट आवश्यक छ । तर, दाहाल–नेपालले आफूहरुको पक्षमा ९६ भन्दापनि धेरै सांसद रहेको दाबीका साथ सत्ता–साझेदारीको लागि जसपाका नेताहरुसँग छलफल बढाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend