काठमाडौं- नेपालमा हाल करिब १९ हजार मात्रै सक्रिय कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबार देशभर १९ हजार ९ सय ६३ सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतक संख्या १३ सय २१ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।