काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्र विवादको बाछिटा प्रदेश हुँदै जिल्ला पुगेको प्रष्ट भइसकेको छ। यसको ताजा उदाहरण हो हिजो (शनिबार) मात्रै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली पक्षका नेता कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डेमाथि गरेको अभद्र व्यवहार।
नेकपाका प्रभावशाली नेता तथा पूर्वमन्त्री पाण्डेमाथि ओली समूहले गरेको अभद्र व्यवहारले धेरै कुराको संकेत गर्दछ। पाण्डेलेले आफूले प्रतिनिधिसभाको निर्वाचन जितेको क्षेत्रमै त्यस्तो व्यवहार झेल्नु पर्याे, अर्काे चितवन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को गृह जिल्ला पनि हो।
सोही घटनालाई लिएर वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री द्वय माधवकुमार नेपाल र झलनाथ खनालले आपत्ति जनाएर कारबाहीको मागसहित विज्ञप्ती नै जारी गरेका छन्। नेकपाका अन्य केही नेताले पनि घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन्। उक्त घटनामा ओली पक्षका नेता कार्यकर्ता चुइँक्क बोलेका छैनन्।
पाण्डेविरुद्ध उत्रिनेहरुमा पाण्डेविरुद्ध बागमती प्रदेशका मुख्यमन्त्री डोरमण पौडेलका छोरा र प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार सीता पौडेल अग्रपंत्तिमा छन्। पाण्डेविरुद्ध नाराबाजी लगाउनेमा चितवन जिल्लाकमिटिका पूर्व अध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज पनि अगाडि देखिएका थिए। जगन्नाथ अहिले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललका सल्लाहकार हुन्।
त्यस्तै त्यहाँ केपी ओली जिन्दावाद भन्दै नारा लगाउनेमा सुरजकै ससुरा दावा लामाको निर्देशन प्रष्ट देखियो। दावाका ज्वाईँ त्यहाँ नार लगाउँदै हुलहुज्जत गर्नेमा अग्रपंत्तिमा थिए। गृहजिल्लामै ओली समूहले हमला गर्न थालेपछि प्रचण्डको टाउको दुखाइको विषय बनेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।