काठमाडौं- शनिबार चितवनमा पूर्वअर्थमन्त्री एंव प्रतिनिधि सभा सदस्य तथा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई एक कार्यक्रमबाट प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बोलेको भन्दै लखेटेको समाचार बाहिरिएका छन् ।
यसविषयमा नेकपा वरिष्ठ अध्यक्षद्धय माधवकुमार नेपाल र वामदेव गौतमले छुटछुट्टै विज्ञप्ती जारी गर्दै आक्रोस व्यक्त गरेका छन् । नेताद्धय गौतम र नेपालले यो घटना सुनियोजित भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग रोखेका हुन् ।
नेता नेपालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, 'गृह जिल्ला चितवनमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य, पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ, 'बरिष्ठ नेता खनालले भनेका छन्, 'कार्यक्रममा आफ्ना भनाइ राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु।'
खनालले कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराएका छन्।
अर्का बरिष्ठ नेता नेपालले पनि पाण्डेविरूद्धको नाराबाजी सुनियोजित भएको बताएका छन्। 'सभ्य, सुसँस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानबिन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउॅछु,' नेपालले भनेका छन्।
नेता पाण्डेविरुद्ध पार्टी एकताविरोधी भन्दै गृहनगरकै कार्यकर्ताहरूले नाराबाजी गरेका थिए। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी समिति सदस्य पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने काममात्र गरेको भन्दै कार्यकर्ताले नाराबाजी गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।