काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन्।
शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ३८७ महिला र ५१२ पुरुष गरी ८९९ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसारकाठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना संक्रमित थपिएका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय २३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतक संख्या १३ सय ५पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।