काठमार्डौं - हङकङको विषयलाई लिएर चिनको विरोधमा बोलिरहेको अमेरिकालगायतका पश्चिमी केही देशलाई चीनले कडा चेतावनी दिएको छ। गत हप्ता चीनले एक प्रस्ताव गरेको छ, जसका आधारमा हङकङ सरकारले ती नेतालाई बर्खास्त गर्न सक्छ, जो राष्ट्रिय सुरक्षाका लागि खतरा छन्।
नभन्दै हङकङले लोकतन्त्र समर्थक चार सांसदलाई बर्खास्त गरिसकेको छ। सोही विषयमा अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाले चीनविरुद्ध हङकङमा निर्वाचित सांसदलाई अयोग्य ठहर्याउने नयाँ नियम बनाएको भन्दै आलोचना गरिरहेका छन्।
त्यस्तो आरोप लगाउनेहरूको आँखै निकाल्दिने चेतावनी चीनले दिएको हो। आफ्नो देशको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भनेका छन्, ‘तिमीहरू सावधान बन, अन्यथा आँखा निकाल्दिन्छौं। तिमीहरू पाँचवटा होऊ वा दसवटा, फरक पर्दैन।’ उनले अगाडि भनेका छन्, ‘चिनियाँ नागरिक न चिन्ता गर्छन्, न कसैसँग डराउँछन्।’ बीबीसी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।