बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

एआइजी र डीआइजीको दरबन्दी थप: गृहमन्त्रीलाई थाहै भएन, ईश्वर पोखरेलको बल मिच्याईँ

एआइजी र डीआइजीको दरबन्दी थप: गृहमन्त्रीलाई थाहै भएन, ईश्वर पोखरेलको बल मिच्याईँ

  • मिडिया डबली
  • शनिवार, मंसिर ६ २०७७

  • 5.5K
    SHARES

  • एआइजी र डीआइजीको दरबन्दी थप:  गृहमन्त्रीलाई थाहै भएन, ईश्वर पोखरेलको बल मिच्याईँ

    काठमाडौं - गृहमन्त्रालय मातहत रहने नेपाल प्रहरीको दरबन्दी थप हुँदा गृहमन्त्रीले नै थाहा नपाएको घटना सायदै विश्वमा यो नै पहिलो हो। गृहमन्त्री रामबहादुर थापा (बादल)लाई पाखा लगाएर उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू निकटको मान्छेलाई एआइजी बनाउन एक एआइजी र पाँच डीआइजीको दरबन्दी थप गराएका छन्।

    तालुकवाला गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलेसमेत सुइँको नपाउने गरी मन्त्री पोखरेलले दरबन्दी थप गरेपछि गृहमन्त्री आक्रोशीत भएका छन्। गृहमन्त्री बादल र गृहसचिव महेश्वर न्यौपाने एआईजीको दरबन्दी थप गर्ने पक्षमा नहुँदा हुँदै पनि उप्रधानमन्त्री पोखरेलले बलमिच्याइँ गरेर मन्त्रिपरिषद्बाट एआईजीको दरबन्दी थप गराएका हुन्।

    नेकपा भित्रको विवादमा उपप्रधानमन्त्री पोखरेलले थप मलजल थपेका छन्। ओली गुटमा गएका भनेर प्रचारमा आएका गृहमन्त्री थापा अब यो घटनापछि ओली गुटमा नरहेको प्रष्ट हुन्छ। गृहमन्त्री थापाले आज या भोली प्रधानमन्त्रीलाई यसविषयमा गम्भिर छलफलको लागि समय मागेको बुझिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend