काठमाडौं- उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ८६२, भक्तपुरमा ७१ र ललितपुरमा १७४ जनामा कोरोना पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतक संख्या १ हजार २ सय ९८ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ रहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।