काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद समाधान हुने कुनै विकल्प देखिएको छैन् ।
आजमात्रै पार्टी कार्यालयमा महासचिव बिष्णु पौडेलले प्रचण्डलाई भेटेपछि स्थिती गम्भीर रहेको बताएका थिए । पार्टी एकता जोगाउँनका लागि प्रचण्डले हरसम्भव कोसिस गरिरहेको बताइरहेका बेला अर्का अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका ओली भने, आफ्नो अडानबाट एक इञ्च पनि तल नझर्ने दखिएका छन् । यसो हुँदा ओली आफ्नै अडानमा रहि रहने देखिएका छन् ।
यति मात्रै हैन्, प्रधानमन्त्री ओलीले यसअघि नै अलग अलग बाटो जाउँ भनेर प्रस्ताव समेत गरिसकेका थिए । तर, अहिले नेकपाको सबै बहुमत प्रचण्डपक्षतिर हुँदा ओलीलाई पार्टी फुटाउँने नै स्थितीमा पुग्न भने असहज परिस्थिती छ ।
यस्तैमा प्रचण्डपक्षले पनि पार्टी फुटाउने नै तयारी भने गरेका छैन् । यद्यपी ओलीको अडान र जिद्दीले अबको १० दिनमा नेकपमा फुटको संघारमा पुग्ने आशंका पनि गरिएको छ ।
प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहमतिअनुसार, मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाउँने तयारी छ । प्रधानमन्त्री ओलीको मागअनुसार अबको १० दिनसम्म पार्टीका कुनै पनि गतिविधि नहुने र त्यसपछि लगातार सचिवालय, स्थायी कमिटी र केन्द्र्रीय कमिटी बैठक बस्ने तयारी छ ।
यद्यपी त्यसक्रममा पनि ओलीले आफ्नो अडानलाई नै निरन्तरता दिएर सहमतिको बाटोमा गएनन् भने नेकपा फुट्न सक्ने आशंका छ । यदि प्रचण्डपक्ष अहिलेकै स्थितीमा मजबुत रह्यो भने प्रचण्डसँग बहुमत रहनेछ । यद्यपी नेकपाभित्रको विवाद समाधान हुनेमा प्रचण्डपक्ष ढुक्क रहेको टिप्पणी गर्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।