काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा एक्लै भेटघाट नगर्ने सन्देश पठाएको कुरा बाहिरिएको छ ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावप्रति असन्तुष्ट रहेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई छलफल गर्न डाँकेका थिए ।
कार्यकारी अध्यक्ष प्रचण्डले एक्लै नभेट्ने सन्देश पठाएपछि महासचिव बिष्णु पौडेलले छलफलका लागि वातावरण बनाउन प्रयास गर्दै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रचण्डसँग भेट गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।