काठमाडौं - नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भिर आरोप लगाएका छन्।
शुक्रबार नेपाली रेडियो नेटवर्कमा कुराकानी गर्दै थापाले प्रचण्डलाई मर्यादाहिन मान्छे भनेका हुन्। नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले पञ्चायतकालले पनि ओलीमाथि लगाउन नसकेको आरोप लगाएको भन्दै मर्यादाहीन मान्छेलाई अध्यक्ष मान्न बाध्य भएको भन्दै पछुतो माने।
प्रचण्डले गैरजिम्मेवार भएर ओलीमाथि आरोप लगाएको थापाको भनाई छ। नेकपाको सचिवालयको बैठकका क्रममा प्रचण्डले गत शुक्रबार राजनीतिक प्रतिवेदनका रुपमा आरोपपत्र पेश गरेका थिए । उक्त आरोपपत्रमा ओलीले गरेका भ्रष्टाचार र बेथितिका चाङहरु प्रचण्डले बाहिर ल्याएका थिए । त्यसको जवाफ दिन ओलीले १० दिनको समय पनि मागेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।