काठमाडाैं - सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् ।
प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप लगाउनेले पुष्टि गर्न नसके पदत्याग गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको पदमाथि पहिलोपटक प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा प्रचण्डको अभियोगपत्रको जवाफ दिन १० दिनको समय माग गर्दै अभियोग लगाउनेले अभियोगको पुष्टि गर्न नसके त्यसको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताए ।
प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद ओलीले छोड्नुपर्ने उद्देश्यसहित अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ अर्को बैठकमा ओलीले दिने तयारी गरेका हुन् ।
बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप सही ठहरिए आफूले दुवै पद छाड्ने र गलत ठहरिए आरोप लगाउने अर्का अध्यक्ष दाहालले नै आफ्नो पद त्याग्नुपर्ने आवश्यकता आंैल्याएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।