काठमाडौं - सत्तारुढ नेकपाको कार्यकारी अध्यक्षको भूमिका पुष्पकमल दाहालले पाएको एक वर्ष भयो। उनले पार्टी एकता भएयता सहअध्यक्षको रुपमा रहँदा आफ्नो कुनै भूमिका नभएको भन्दै पार्टीमा भूमिका खोजेका थिए। अघिल्लो वर्षको मंसिर ४ गतेको सचिवालय बैठकले दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएर पार्टी सञ्चालनको जिम्मा दियो।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सरकार सञ्चालनको पूर्ण जिम्मेवारी दियो। ‘बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने । आम रूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले गर्ने सचिवालय बैठकले निर्णय गरेको थिया। तर, अहिले अवस्था त्यस्तो छैन। राम्रोसँग जुट्नै नसकेको पार्टी फुटको नजिक छ।
दुई अध्यक्षहरु ओली र दाहालको चर्काे टकरावको कारण नेकपा फुटको संघारमा छ। अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको कार्यकारी अधिकार खोस्दै एकतायता प्रचण्डसँग भएका सहमति एकतर्फी भङ्ग गरेको घोषणा गरेका छन् । पुनः प्रचण्ड दोस्रो नम्बरको अध्यक्षमा घटुवा भएको बताएका छन् ।
बुधबारको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले सहमति, समझदारीहरूको विधिवत् अन्त्य भएको बताएका हुन् । पार्टी एकता, स्थायी कमिटी बैठकको निर्णयअनुसार बैठकमा दुवै अध्यक्षको सहमतिमा प्रस्ताव ल्याउनुपर्छ ।
तर, प्रचण्डले त्यसको सीमा सर्त मिच्दै आरोप र अभियोग पत्र ल्याएकाले त्यसले एकतापछिका सबै समझदारी खारेज गरेको ओलीको बुझाइ छ ।
उनले बैठकमा भने, “अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, सम्झदारीहरूको त त्यसैले अन्त्यको घोषणा गर्यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ ।”
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।