काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद चरम अवस्थामा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट बढाएका छन् । पार्टी एकता एवं ओली आफै नै अप्ठ्यारो परिस्थिति आएमा राष्ट्रपति भण्डारीसँग परामर्शका लागि जाने लागेका हुन् ।
ओली आज विहान पनि शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग कुराकानी गरेका छन् । पछिल्लो दुई हप्ताबीच उनी तीनपटक राष्ट्रपतिसँग कुराकानीका लागि शितलनिवास पुगेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले सत्ता संकट गहिरिंदा सक्रियता बढाउँदै लगेका छन् । उनले आफ्नोविरुद्ध पार्टीभित्र भएको मोर्चाबन्दीलाई कमजो बनाउने प्रयास गर्दै आएका छन् ।
ओलीलाई विगतमा दुईपटक सत्ता संकट आउँदा राष्ट्रपति भण्डारीको सहयोगले काम गरेको थियो । भण्डारीकै कारण ओलीको सत्ता दुईपटक जोगिएको चर्चा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।