काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ५१३ जना महिला र ७१६ जना पुरुष रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख १५ हजार २० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतक संख्या १ हजार २ सय ७६ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ रहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।