काठमाडौं- नेपाल कम्युनिस्ट पाार्टी नेकपाको आज (मंसिर३ गते) बसेको सचिवालय बैठक करिब डेढ घण्टाको छलफलसँगै १३ गते बस्ने गरि सकिएको छ ।
बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिको बैठकमा पेश गरेको प्रस्तावलाई टक्कर दिने किसिमले आफुले पनि छुट्टै प्रस्ताव पेश गर्ने बताएका छन् ।
ओलीले प्रचण्डलाई आफ्नो अलगै प्रस्ताव पेश गर्दै टक्कर दिने भएका हुन् । ओलीले आउँदो १३ गते सचिवालय बैठक बस्ने र सोही दिन छलफल गर्ने गरि प्रस्ताव पेश गर्ने बताएका छन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीमा देखिएका समस्याबारे आफ्नो छुट्टै प्रस्ताव पेस गर्ने भएका हुन्। गत शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९–पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए।
सो प्रतिवेदनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी तथा सरकार राम्रोसँग नचलाएको, एकलौटी गरेको लगायतका आरोप लगाइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।